नेपालका ७७ जिल्ला मध्येको एक जिल्ला कास्की गण्डकी प्रदेशको आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पर्यटकीय एवं पर्यावरणीय दृष्टिले पनि बिशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो। अन्नपुर्ण तथा माछापुच्छ्रे जस्ता हिमश्रृंखलाहरु, फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल (पातले छाँगो), महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक निधिले युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपूर्ण निधि तथा गहना हो । यसरी तालैताल गुफैगुफा तथा मनोरम हिम श्रृंखलाले युक्त उपत्यकाले सुशोभित बन्ने अवसर प्राप्त यो कास्की जिल्ला विविध जातजाति, भाषाभाषी, भेषभूषा तथा समग्रमा विविधता र रोचक संस्कार संस्कृतिले पनि त्यत्तिनै विशेषतायुक्त छ। यस जिल्लाका विभिन्न स्थानहरुमा अवस्थित एवं विशेषगरी उपत्यकाभित्र अवस्थित विविध मठमन्दिर गुम्बा, विहार स्तूप आदि पनि कास्की जिल्लाको थप आकर्षण एवं महत्वपुर्ण निधि मानिन्छन्। यिनै विशेष विशेषता एवं आफ्नै किसिमको पहिचानयुक्त प्राकृतिक तथा साँस्कृतिक निधिहरु र शुद्घ पर्यावरणीय वातावरणको कारण कास्की जिल्ला विश्वकै पर्यटकका लागि एक महत्वपूर्ण आकर्षणको केन्द्र बन्न पुगेको छ।
थप पढ्नुहोस्जिल्ला समन्वय समिति कास्की र पाल्पा वीच अन्तर जिल्ला असल अभ्यास अनुभव आदान प्रदान ।
प्रकाशित मिति २०८३ जेठ २५ गते सोमबार १०:४०:०० बजेजिल्ला समन्वय समिति कास्की र पाल्पा वीच अन्तर जिल्ला असल अभ्यास अनुभव आदान प्रदान ।
प्रकाशित मिति २०८३ जेठ २५ गते सोमबार १०:४०:०० बजेनदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको वैठक सम्पन्न
प्रकाशित मिति २०८३ जेठ ६ गते बुधबार १७:०५:०० बजेस्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली
स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली
स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली